शनिबार नोभेम्बर ९ तारिख मगर संघ हङकङका अध्यक्ष यामबहादुर बुढाथोकी मगरको निधन
काठमाडौं । भूतपूर्व भारतीय गोर्खा सैनिक मगर संघ हङकङका अध्यक्ष यामबहादुर बुढाथोकी मगरको निधन भएको छ। मगरको शनिबार (नोभेम्बर ९ तारिख) निधन भएको हो।
उनको निधनप्रति लाङ्घाली कल्याण समाज हङकङले गहिरो दु:ख प्रकट गरेको छ।
लाङ्घाली कल्याण समाज हङकङका अध्यक्ष नीलम थापा मगर र महासचिव शिशिर पूर्वछाने मगरले जारी गरेको शोक वक्तव्यमा भनिएको छ- मगर संघ हङकङका अध्यक्ष तथा भूपू
भारतीय गोर्खा सैनिक यामबहादुर बुढाथोकी मगरज्यूको २०२४ नोभेम्बर ९ तारिख भएको असामयिक निधनको खबरले लाङ्घाली कल्याण समाज हङकङ दु:खी एवं मर्माहत भएको छ।
साथै वक्तव्यमा अध्यक्ष यामबहादुरप्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।












