नेवा: पुच: युएई द्वारा आयोजित कार्यक्रम न्हूदँया भिन्तुना नेपाल सम्बत ११४५ तथा म्ह : पूजा सम्पन्न – Sagarmathapana:: Online News Portal

नेवा: पुच: युएई द्वारा आयोजित कार्यक्रम न्हूदँया भिन्तुना नेपाल सम्बत ११४५ तथा म्ह : पूजा सम्पन्न

   २०८१ कार्तिक १८ गते  


आदरणीय सम्पुर्णमा जोजोलपा, नमस्कार ।
आज ( किजापुजा ) भाईटिका को उपलक्षमन यहाँहरु सबैजनालाई हार्दिक शुभकामना।

हिजो बरदुबई स्थित ब्लु प्यालेस रेष्टुरेन्ट एण्ड क्याफेमा नेवा: पुच: युएई द्धारा सामुहिक रुपमा नेपाल सम्वत ११४५ को उपलक्षमा न्हुदँया भिन्तुना एवं म्ह पुजा कार्यक्रम सफलपुर्वक सम्पन्न गरिएको छ।

नेपाली समाज युएई, नेफिन युएई तथा अन्य विभिन्न संस्थाका प्रतिनिधीज्यु संघ संस्थाका प्रतिनिधि हरु तथा अन्य ब्यावसायिक एवम् समाजसेवी महानुभावहरुज्युहरुको उपस्थित रहेको थियो।आजको यस महत्वपुर्ण बिशेष कार्यक्रममा आफ्नो अमुल्य समय का साथ सहभागी जनाउनु भएका सम्पुर्ण नेवार दाजुभाई तथा दिदीबहिनी मा हार्दिक आभार ब्यक्त गर्दछौं। बिशेष गरेर उपाध्यक्ष सुनिलमान श्रेष्ठज्यु र उपाध्यक्ष दिपेश श्रेष्ठ ज्यु लाई संयोजकको भुमिका सफलतापुर्बक निर्वाह गर्नु भई कार्यक्रम सफल बनाउनु भएकोमा वहाँहरु दुबैजनालाई र विशेष भन्यवाद ब्यक्त गर्न चाहन्छौ। लगायत विभिन्न परिकारहरु तैयार गरि आवश्यक फलफुल ,तथा पुजासामान हरु , सफ्ट ड्रिङ्क्स हरु उपलब्ध गराई सहयोग गरिदिनु हुने सहयोगी हातहरु मण्डप बनाउन सहयोग गर्नु भएका अनिल एवं बिधिवत रुपमा म्ह पुजा गरिदिनु भई उ्क्त कार्यमा खट्नु भएका पुच: का महिला दिदीबहिनीहरु निरु श्रेष्ठ, रेजिना जोशी श्रेष्ठ, रिद्दी श्रेष्ठ, नविना शाक्य ज्यु र योगिता हाडाज्यु लाई नेवा: पुच: युएई परिवारको तर्फबाट बिशेष रुपमा धेरैधेरै धन्यवाद ब्यक्त गर्न चाहन्छौ।

यसैगरी निवर्तमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार तथा साँस्कृतिक संयोजक लक्ष्मण श्रेष्ठज्यु, भुपु अध्यक्ष एवं एवं प्राुख संरक्षक प्रमोद श्रेष्ठ ज्यु र अध्यक्ष श्री बिरेन्द्र कुमार नकर्मीज्युलाई वहाँहरुले प्रदान गर्नु भएको अतुलनीय योगदानको लागि हार्दिक आभार को साथी धन्यवाद ब्यक्त गर्न चाहन्छौं ।
सबैजना ले आज तिहारको अन्तिम दिन भाईटिका रमाईलो गरि मनाउनु ह‍ोला। धन्यवाद । शुभाय्।
भवदीय,
कुमार बलामी
एवं
नेवा: पुच: युएई परिवार।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै