Flagship-Level Titan Durability सहित REDMI Note 15 Series नेपालमा सार्वजनिक
काठमाडौं।Xiaomi ले नेपाली बजारमा बहुप्रतिक्षित REDMI Note 15 Series सार्वजनिक गरेको छ । दैनिक प्रयोगका चुनौतीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस सिरिजमा Flagship-Level REDMI Titan Durability सहित शक्तिशाली फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ।
नयाँ REDMI Note 15 Series मजबुत डिजाइन, उच्च प्रदर्शन र उन्नत प्रविधिको संयोजनका साथ नेपाली उपभोक्तालाई लक्षित गरी ल्याइएको हो। विशेषगरी धुलो, झट्का र दैनिक प्रयोगबाट हुने क्षतिलाई न्यूनिकरण गर्न Titan Durability Technology प्रयोग गरिएको Xiaomi ले जनाएको छ।


यस सिरिजमा उत्कृष्ट क्यामेरा सेटअप, लामो समय टिक्ने ब्याट्री, फास्ट चार्जिङ सपोर्ट तथा स्मुथ परफर्मेन्सका लागि नयाँ प्रोसेसर समावेश गरिएको छ। Xiaomi का अनुसार, REDMI Note 15 Series ले फ्ल्यागशिप-लेभल अनुभवलाई मिड-रेन्ज मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ।
Xiaomi नेपालले REDMI Note 15 Series नेपाली युवापुस्ता तथा व्यस्त जीवनशैली अपनाउने प्रयोगकर्ताका लागि उपयुक्त हुने विश्वास व्यक्त गरेको छ। मूल्य र उपलब्धता सम्बन्धी विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
नयाँ REDMI Note 15 Series सँगै Xiaomi ले नेपाली स्मार्टफोन बजारमा आफ्नो पकड अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।













