द हङकङ सिक्सेसमा नेपालले क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्ने – Sagarmathapana:: Online News Portal

द हङकङ सिक्सेसमा नेपालले क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्ने

   २०८१ कार्तिक १७ गते  

काठमाडौं – द हङकङ सिक्सेसमा इङ्ग्ल्याण्ड क्वाटरफाइनल पुग्न असफल भएपछि नेपालले ‘बी’ २ को स्थान लिएको नेपालले क्वाटरफाइनलमा श्रीलंकाको सामना गर्ने भएको छ ।

नेपाली टोलीले सेमिफाइनल प्रवेशका लागि नेपाली समय अनुसार दिउँसो १ः३५ बजे खेल्दैछ ।

क्वाटरफाइनलमा ‘बी’ २ टोलीले ‘डी’ १ टोलीसँग खेल्ने प्रतियोगिता नियमावलीमा उल्लेख छ। समूह ‘बी’ को सुरुवाती सिडिङमा ‘बी’ २ मा इङ्ग्ल्याण्ड थियो ।

‘डी’ १ मा भने श्रीलंका रहेको थियो । त्यससैले समूह बी को विजेता भए पनि नेपाल श्रीलंकाले खेल्नुपर्ने भएको हो। श्रीलंका समूह ‘डी’ को विजेताका रुपमा क्वाटरफाइनलमा पुगेको हो।

समूह ‘बी’ मा नेपालले इङ्ग्ल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको थियो ।

शुक्रवार इङ्ग्ल्याण्डलाई ६ विकेटले हराएको नेपालले शनिवार अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै