प्रधानमन्त्री वालेनसंग जेनजीहरूको प्रश्न, ‘जेनजीका हत्यारालाई कारवाही किन नगरेको ?’
काठमाडौं।देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेको निष्कर्षसहित शनिबार जेनजी अगुवाहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनलाई पुनर्गठन गर्ने घोषणा गरेका छन् ।
‘कमन जेनजी नेपाल’द्वारा आयोजित जेनजी संवाद कार्यक्रममा वक्ताहरूले जेनजी आन्दोलनको गम्भीर समीक्षा गर्दै राज्यको गैरजिम्मेवार भूमिकाको कडा शब्दमा आलोचना गरेका छन् । राज्यले युवा पुस्ताको धैर्यतालाई कमजोरीका रूपमा बुझेको निष्कर्ष निकाल्दै जेनजी अभियन्ताहरूले आगामी भदौ २३ गते खबरदारी ¥याली सहित सरकारलाई ज्ञापनपत्र बुझाउने घोषणा गरेका छन् ।


कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले आउँदो भदौ २३ गते सरकारलाई खबरदारी सहित ज्ञापनपत्र बुझाउने जनाएका छन् । जेनजी आन्दोलनका पीडÞितलाई न्याय दिलाउन आफूहरुले सरकारलाई ज्ञापनपत्र बु्झाउन लागेको उनले बताए ।
पत्रकार सम्मेलनमा जेनजी अगुवाहरु रवि किरण हमाल, सौरव भण्डारी, कृष्ण मोहन सहनी, दिपेन्द्र विक, अमृत बोहरा, अभिनव वाग्ले, उज्वल शर्मा, रोनिश साह लगायतको विशेष सहभागिता रहेको थियो । विभिन्न जेनजी संगठनको नेतृत्वमा रहेका यि जेनजी अभियन्ताहरुले संयुक्त रुपमा भदौ २३ गते खबरदारी सहित ज्ञापनपत्र बुझाउन लागेका छन् ।

जेनजी आन्दोलनको बारेमा गठन भएको छानविन आयोगको प्रतिवेदन अनुसार हत्यारालाई कारवाही गर्न प्रधानमन्त्री वालेन सरकार नेतृत्वको सरकार असफल भएको टिप्पणी समेत साहले गरेका छन् ।
‘वर्तमान सरकार जेनजीका हत्यारालाई कारवाही गर्न असफल देखिएको छ । हाम्रो अनुरोध छ ति हत्यारालाई यथासिघ्र कारवाही गरोस् । यो सरकार जेनजी हत्यारालाई कारवाही गर्दैन भने कुर्सीमा बस्ने अधिकार छैन् । ति हत्यारालाई कारवाही गरोस कि कुर्सी छोडोस्,’ अध्यक्ष साहले भने ।



जेनजी आन्दोलन सुशासन, रोजगारी, भ्रष्टाचारीलाई कारवाहीका साथै राज्यको संरचनामा आमुल परिवर्तनका लागि भएको भए पनि त्यसतर्फ सरकार पूर्णरुपमा असफल भएको उनले गम्भिर आरोप लगाए ।
‘हिजोका दिनमा जेनजीका ठेकदार र राज्यका ठेकदारहरूसंग प्रश्न गर्ने समय आयो, समझौताको नाममा जेनजी आन्दोलनमाथी ठुलो घात किन गरेको ? जेनजी हत्यारालाई अझै कारवाही किन नगरेको ? जेनजीको माग सम्बोधन गर्न तपाईलाई कुन शक्तिले रोकेको छ ?,’ साहले प्रश्न गरे ।
राज्य अहिले विघटनतिर अग्रसर भएको भएको बताउदै उनले राज्यप्रति जनताको अविश्वास बढदै गइरहेको बताए । विश्वमा इतिहास रची नेपालको गौरव बढाउँन सफल जेनजी आन्दोलनको समान बढ़ाउन, देशको अस्तित्व जोगाउन, मुख्यतः वर्तमान अवस्थामा आमूल परिवर्तन गर्न वर्तमान सरकारसंग उनले अनुरोध पनि गरे ।
‘हामीले वर्तमान सरकारलाई अपील गर्दछौं । देशमा आमूल परिवर्तन चाहेका जेनजी संगठन तथा अभियानता, अग्रगामी भूमिका खेल्ने विभिन्न दल–नेता, सशक्त तथा सक्रिय शक्तिहरूका साथै आम नागरिक तथा युवाहरूलाई हामी साथ सहयोगको अपील गर्दछौं । वर्तमान परिस्थितिबाट निकासको निमित्त जेनजी आन्दोलन पूर्णगठन गरी सरकारलाई यही भदौ २३ गते खबरदारी सहित ज्ञापन–पत्र बुझाउन अग्रसर छौं । तथापि सरकारले जेनजी आन्दोलनका मागहरू सम्बोधन गरेन भने हामी दोस्रो जेनजी आन्दोलन गर्न बाध्य हुनेछौं,’ कमन जेनजी नेपालका अध्यक्ष साहले भने ।
पत्रकार सम्मेलनमा सहभागि जेनजी अगुवाहरुले वर्तमान सरकारले जेनजीको माग सम्बोधन नगरेकाले आन्दोलनको विकल्प नभएको बताएका छन् । आउँदो २३ भदौमा सरकार विरुद्ध प्रदर्शन गर्नुको विकल्प नभएको समेत उनीहरुले बताए ।
उनीहरुले आफूहरुको आन्दोलन ‘रहर नभई बाध्यता’ भएको भन्दै सम्पूर्ण बदलाव चाहने युवा, राजनीतिक दल, नागरिक समाज र राष्ट्रवादी शक्तिलाई एकजुट हुन आह्वान समेत गरेका छन् ।












