खोटाङमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा – Sagarmathapana:: Online News Portal

खोटाङमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा

   २०८१ कार्तिक १७ गते  

खोटाङ । खोटाङका दशजना युवाले तिहारमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरेका छन् ।यातायात सेवा नपाएर समस्यामा परेका महिलालाई सम्बन्धित स्थानसम्म पुर्‍याइदिनका लागि युवा समूहले अभियान चलाएका हुन् ।

अभियानका संयोजक सञ्जयकुमार राईले यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका महिलालाई गन्तव्यसम्म पुर्‍याउने योजनासहित अभियान सुरु गरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै