ट्रंक र डेडिकेटेड लाइनको महसुल रकम नतिरेकामध्ये केही उद्योगले किस्तामा तिर्न थाले – Sagarmathapana:: Online News Portal

ट्रंक र डेडिकेटेड लाइनको महसुल रकम नतिरेकामध्ये केही उद्योगले किस्तामा तिर्न थाले

   २०८१ कार्तिक १२ गते  

काठमाडौं ।प्राधिकरणले विद्युत महसुल बापतको बक्यौता नबुझाएको भन्दै बिहीबार राति ४३ उद्योगको लाइन काटिदिए पछी ट्रंक र डेडिकेटेड लाइनको महसुल रकम नतिरेकामध्ये केही उद्योगले किस्तामा तिर्न थालेका छन्।

आइतबारसम्म ११ वटा उद्योगले पहिलो किस्ता बुझाएका नेपाल विद्युत प्राधिकरणका उप–कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।आइतबार मात्रै तीन वटा उद्योगले पहिलो किस्ता तिरेको उनले बताए । किस्ता बुझाएका उद्योगको नाम भने उनले खुलाएनन् । किस्ता बुझाउने उद्योगमा लाइन जोडिएको छ

हाल चाडपर्वको समयमा ‘डेडिकेटेड फिडर’ र ‘ट्रंकलाइन’ विवादका कारण नेपाल विद्युत् प्राधिकरणद्वारा उद्योगहरूको बिहीबार रातिदेखि लाइन काटिएको घटनामा नेपाल उद्योग बाणिज्य  संघको गम्भीर रूपमा ध्यानाकर्षण समेत भएको संघले जनाएको छ ।

संघद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ, ‘यस किसिमको निणर्यले उद्योगहरूको उत्पादन प्रक्रियामा बाधा पुर्‍याउनाका साथै देशको उत्पादन प्रणाली र अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पर्नाले लगानीको वातावरणमा नकारात्मक सन्देश जाने देखिन्छ ।’
नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले नेपाल विद्युत् प्राधिकरणसँग उद्योगको लाइन तत्काल जडान गर्न र वर्तमान विवादमा उत्पन्न असमझदारीलाई वार्ताद्वारा समाधान खोज्न अपिल गरेको छ ।

उद्योगको विद्युत् आपूर्ति कटौती गर्दा उद्योगहरूको दैनिक सञ्चालनमा अवरोध हुँदा लगानीमा प्रतिकूल असर परेको स्पष्ट भएको र त्यसले उद्योगीहरूलाई असहज स्थिति सिर्जना गरेको संघको भनाइ छ । ‘नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगले यस विषयमा प्रतिवेदन बुझाइसकेको भए पनि उक्त प्रतिवेदनको कार्यान्वयन नहुँदा यस किसिमको समस्या उत्पन्न भएको हो, यसले उद्योग क्षेत्रमा सकारात्मक सन्देश जाने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउने संघको विश्वास छ’, विज्ञप्तीमा भनिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै