जिबी राईका नामबाट आएको इमेल नक्कली होइन-सिआइबी प्रमुख दिपक थापा – Sagarmathapana:: Online News Portal

जिबी राईका नामबाट आएको इमेल नक्कली होइन-सिआइबी प्रमुख दिपक थापा

   २०८१ कार्तिक ११ गते  

काठमाडौँ । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईको नामबाट आएको इमेलबारे सत्तारुढ दलको बैठकमा बृफिङ्ग भएको छ ।

गृहमन्त्री रमेश लेखकले उक्त इमेलबारे बैठकलाई जानकारी गराएका हुन् । जनआस्था अनलाइनले आफूलाई हिजो प्राप्त  उक्त इमेलसहितको समाचार सम्प्रेषण गरेको थियो । लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र साइबर ब्यूरोले जनआस्थाको कार्यालयमै आएर त्यसबारे अनुसन्धान थाली  बिहान प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई प्रतिवेदन बुझाएका थिए भने लगत्तै सिआइबी र प्रहरी प्रधान कार्यालयले जिबीलाई समातेर बुझाइदिन काठमाण्डौस्थित मलेसियन राजदूतलाई आग्रह गरेका थिए । साइबर ब्युरो प्रमुख नविन्द अर्यालको भनाइ थियो-जिबी राईका नामबाट आएको इमेल नक्कली होइन । उता सिआइबी प्रमुख दिपक थापाले भनेका छन्-उक्त इमेलमा थुप्रै नयाँ कुरा समेटिएका छन्, जसवारे रवि लामिछानेसङ्ग थप सोधपुछ गरिनेछ ।

(सिआइबी) र साइबर ब्यूरोले जनआस्थाको कार्यालयमै आएर त्यसबारे अनुसन्धान थाली आज बिहान प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई प्रतिवेदन बुझाएका थिए भने लगत्तै सिआइबी र प्रहरी प्रधान कार्यालयले जिबीलाई समातेर बुझाइदिन काठमाण्डौस्थित मलेसियन राजदूतलाई आग्रह गरेका थिए ।

गठबन्धनको बैठकमा गृहमन्त्रीले पनि इमेलबारे प्रहरीले अनुसन्धान गरिरहेको र नयाँ तथ्य फेला पर्ने सम्भावना रहेको जानकारी गराएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै