जिप दुर्घटना हुँदा दाङमा २ जनाको मृत्यु ३ घाइते – Sagarmathapana:: Online News Portal

जिप दुर्घटना हुँदा दाङमा २ जनाको मृत्यु ३ घाइते

   २०८१ कार्तिक १० गते  

दाङ । जिप दुर्घटना हुँदा दाङमा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

दाङको तुलसीपुर सल्यानबाट आउँदै गरेको रा १ ज ८ सय २२ नम्बरको बोलेरो जिप आज बिहान तुलसीपुर उपमहानगरपालिकाको सात तले भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका-५ का मनिराम बुढा र सल्यानको कमुरकोट गाउँपालिका-६ का सरोज खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै