मुन्दुम पदमार्ग भोजपुरमा हराएका चारजना आन्तरिक पर्यटकको उद्धार – Sagarmathapana:: Online News Portal

मुन्दुम पदमार्ग भोजपुरमा हराएका चारजना आन्तरिक पर्यटकको उद्धार

   २०८१ कार्तिक १० गते  

काठमाडौँ : मुन्दुम पदमार्ग  टेम्केमैयुङ गाउँपालिका–१ भोजपुर स्थित हाँस पोखरीबाट हराएका चारजना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले उद्धार गरेको छ।

उद्धार गरिएका पर्यटकहरू सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का व्यक्ति हुन्।

उनीहरू हराएको बारे जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ टक्सार गुल्म भोजपुर र सुरक्षा वेश नागी भोजपुरको सुरक्षा फौजले सोही ठाउँको मझुवा जंगलभित्र रहेको गोठमा फेला पारेको थियो।

उनीहरू सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकी जंगलमा हराएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै