शेयर निष्काशन गर्न आइएमई जनरलले बोर्डमा दियो आवेदन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीले बोनश शेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको ४० प्रतिशत (१०ः४) का दरले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद शयर निष्काशन तथा बिक्री गर्न नेपाल घितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डले आवेदन दिएपछि कम्पनीले हकप्रद शेयर जारी गर्ने छ ।












