एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल जापानसँग पाराजित – Sagarmathapana:: Online News Portal

एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल जापानसँग पाराजित

   २०८१ कार्तिक ९ गते  

काठमाण्डौ । बुधबार राति आफ्नो पहिलो खेल नेपालले बलियो प्रतिद्वन्द्वी जापानसँग ९–२ गोलान्तर एसियाली फुटबल कन्फेडरेसन (एएफसी) यू–१७ एसियन कप छनोटमा नेपालले लज्जास्पद हार बेहोरेको छ ।

कतारको दोहास्थित हमाद विन खलिफा स्टेडियममा जापानका दाइची तानीले चार गोल गर्दा हिरोतो असादाले ह्याट्रिक गोल गरे । मिबुकी कसाइ र काइजी चोनानले एक–एक गोल गरे ।

नेपालले सविनकुमार मगरको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। उनले सुवास बमको क्रसमा गोल गरेका थिए। तर, उक्त अग्रता पाँच मिनेट पनि कायम रहन सकेन। जापानका दाइती तानीले प्रभावशाली प्रदर्शन गर्दा नेपाल खेलमा निरिह हुन परेको थियो।

नेपालका लागि भने सबिनकुमार मगर र विज्ञान खड्काले समान एक गोल गरे । खेलमा अग्रता भने नेपालले लिएको थियो । १२ औं मिनेटमा सविनले टोलीलाई अग्रता दिलाएका थिए ।

जापानले नेपालमाथि गोल वर्षा गर्दै नेपाली टोलीलाई निराशमात्र बनाइरहे । दाइचीले खेलको १७औं मिनेटमा गोल गर्दै जापानलाई बराबरीमा फर्काएका थिए । त्यसको दुई मिनेट नबित्दै हिरोतोले गोल गरेपछि जापानले अग्रता बनाउन थाल्यो ।

खेलको ३८औं मिनेटमा अर्को एक गोल थपेका दाइचीले ४३औं मिनेटमा फेरि गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा हिरोतोले एक गोल थपे । ६१औं मिनेटमा दाइचीले, ६४औं मिनेटमा हिरोतोले, ७३औं मिनेटमा मिबुकीले र ७७औं मिनेटमा काइजीले गोल गरिरहे ।

खेलको अन्त्यतिर विज्ञान खड़काले सान्त्वना गोल गरे । नेपाल र जापान छनोट प्रतियोगिताको समूह ‘एफ’ मा रहेका छन्। यो समूहमा आयोजक कतार र मंगोलिया पनि छन् । समूह ‘एफ’ अन्तर्गतको सम्पूर्ण खेल कतारमै खेलिने छ।

नेपालको तुलनामा जापान निकै बलियो टोली ही। जापान एएफसी यू–१७ एसियन कपको साबिक विजेता पनि हो। सन् २०२३ मा सम्पन्न यू–१७ एसियन कपको फाइनलमा जापानले दक्षिण कोरियालाई ३–० गोलले हराउँदै उपाधि चुमेको थियो ।

त्योभन्दा अघिल्लो संस्करणको उपाधि पनि जापानले नै जितेको थियो। जापानले हालसम्म चारपटक यू–१७ एसियन कपको उपाधि चुमिसकेको छ। जापानी टोली एकपटक (सन् २०१२) उपविजेता पनि बनेको थियो।

त्यो संस्करणको फाइनलमा उज्बेकिस्तानले जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि हात पारेको थियो । नेपालले भने हालसम्म तीनपटक छनोट चरण पार गरेर यू–१७ एसियन कप खेलेको छ ।

तर, तीन पटक नै नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको छ । नेपालले सन् २००० मा पहिलो पटक यो प्रतियोगिता खेलेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै