नुहाउने क्रममा तीन बालिकाको नदीमा बगेर मृत्यु – Sagarmathapana:: Online News Portal

नुहाउने क्रममा तीन बालिकाको नदीमा बगेर मृत्यु

   २०८१ कार्तिक ९ गते  

काठमाडौं ।नुहाउने क्रममा तीन बालिकाको नदीमा बगेर मृत्यु भएको छ ।

बिहीवार दिउँसो दाङको लमही नगरपालिका–२ स्थित राप्ती नदीको रैनियापुर घाटमा  नुहाउने क्रममा एकसाथ तीनजना बालिका बगेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

उनका अनुसार लमही नगरपालिका वडा नम्बर–२ रैनियापुर निवासी सीताराम चौधरीकी छोरी झरना चौधरी, सोही स्थानका सन्तराम चौधरीकी छोरी निशा चौधरी र गढवा घर भइ लमही बस्दै आएका श्रीकान्त चौधरीकी छोरी कृष्टि चौधरीको मृत्यु भएको हो । मृतक तीनैजना बालिकाको उमेर १२ वर्ष रहेको छ । मृतक तीनै जनाको शब लमही अस्पतालमा राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै