सेजन अध्यक्षमा बराल निर्वाचित
काठमाडौँ । नेपाल आर्थिक पत्रकार समाज सेजनको शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नयाँ पत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित भएका छन् । उनले कूल खसेको २४३ मतमध्ये ११४ मत प्राप्त गरे ।
निर्वाचन समितिका संयोजक सुरेश आचार्यका अनुसार उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भए । सदस्यमा चेतबहादुर अधिकारी, अच्यूत पुरी, अमर बड्वाल, इशारा कोइराला र शोभित थपलिया निर्वाचित भए ।
यसअघि शुक्रबार नै सम्पन्न बन्दसत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । उद्घाटन सत्रमा सेजनका पूर्वअध्यक्ष, प्रतीक प्रधान, गोपाल तिवारी, गोकर्ण अवस्थी लगायतले आर्थिक पत्रकारिताको विकास र विस्तारका लागि सेजनलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।












