पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले लामिछानेमाथि भेदभावपूर्ण पक्राउको विरोध गरे
काठमाडौं ।विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रत्यक्ष सहकारी ठगीसँग सम्बन्धित भनेर नाम आाएका कांग्रेस र एमालेका नेताहरुलाई किन अनुसन्धानको दायरामा ल्याईएन ? रास्वपाका सभापति रवि लामिछानेमाथि भेदभावपूर्ण अनुसन्धान गरेको भन्दै पक्राउको विरोध गरेका छन् ।
यद्धपी उनले सरकारले जो कोहीलाई पनि विधि पुर्याएर अनुसन्धान गर्नसक्ने सुनाए । तर, अनुसन्धान गर्दा विभेद गरिनु गलत हुने उनको भनाई छ ।
हामीले काठमाडौंमा कार्तिक १० गते गर्ने भनिएको आन्दोलन सरकार ढाल्न र अर्को सरकार बनाउन केन्द्रित छैन् । देश र जनताको जल्दाबल्दा समस्यालाई लिएर सरकारलाई ध्यानाकर्षण गराउने र जनताको पक्षमा काम गराउन दबाब दिने प्रतिपक्षको काम हो । त्यही भएर कार्तिक १० गतेको कार्यक्रममार्फत सरकारलाई सजग गराउन खोजेका हौं ।’












