१०८ फिट अग्लो किराँतेश्वर महादेवको मूर्ति निर्माण अन्तिम चरणमा – Sagarmathapana:: Online News Portal

१०८ फिट अग्लो किराँतेश्वर महादेवको मूर्ति निर्माण अन्तिम चरणमा

   २०८१ कार्तिक ७ गते  

काठमाडौं, २०६६ सालदेखि दाताको आर्थिक सहयोगबाट शुरुभएको  १०८ फिट अग्लो किराँतेश्वर महादेवको मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

पूर्वी नेपालमै पहिलो पटक आद्य जगत्गुरु श्री शङ्कराचार्य प्रतिष्ठानको अगुवाइमा निर्माणाधीन १०८ फिट अग्लो किराँतेश्वर महादेवको मूर्तिको काम अन्तिम चरणमा पुगेको हो ।

सुनसरीको वराहक्षेत्र–१, चतरामा रहेको शङ्कराचार्य प्रतिष्ठानले 
एक बिघा १७ कट्ठामा घेराबार गरी मूर्ति निर्माण गरिएकोे आद्य 
जगत्गुरु श्री शङ्कराचार्य प्रतिष्ठानका अध्यक्ष श्री १०८ स्वामी 
रामेश्वर गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार मूर्तिसँगै 
चारैतिर १२ ज्योर्तिलिङ्ग र १२ वटा मन्दिरको निर्माण गरी सनातन 
वैदिक शाङ्करी अद्वैत साधनालाई पूर्णता दिने सत्सङ्कल्पका साथ 
सबैको सहयोगबाट निर्माणको हुँदै आएको छ । देवताको सहर भनेर
चिनिने चरताराधममा महादेवको मूर्ति निर्माणसँगै यस क्षेत्रको थप 
धार्मिक महìव बढ्ने विश्वास गरिएको छ । 

धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पुनर्जागरण गर्न वैदिक सनातन धर्म शाङ्करी शाखा अन्तर्गत पर्ने आद्य जगत्गुरु श्री शङ्कराचार्य मठले किराँतेश्वर महादेवको मूर्ति निर्माण गरेको बताइएको छ

शिव महापुराण शतरुद्रसंहितामा सुकर रूपधारी ‘मूक राक्षस’ द्वारा यस क्षेत्रलाई अस्तव्यस्त बनाएको देखेर भगवान् शिवले किराँत राजाको रूपधारण गरी दैत्यसंहार गर्दै स्थानीय जनजाति एवं रुद्राक्षारण्यको रक्षा गरेको किंवदन्ती पाइन्छ ।

शिवले किराँत राजाको रूप धारण गरी स्थानीय जनजातिको रक्षा गरेदेखि नै किराँती समाजले भगवान् शिवलाई आफ्नो इष्टदेवका रूपमा मान्ने चलन रहिआएकाले श्रीकिराँतेश्वर सदाशिव भगवान्को मूर्ति स्थापना गरिएको आद्य जगत्गुरु श्री शङ्कराचार्य प्रतिष्ठानले जनाएको छ ।

प्रसिद्ध धार्मिक स्थलले भरिभराउ चतराधाम धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा चिनिँदै आएको छ । वराहक्षेत्र मन्दिरको काखमा निर्माणाधीन किराँतेश्वर महादेव मूर्तिले थप धार्मिक र पर्यटकीय स्थलको परिचयलाई फराकिलो बनाउने निर्माण समितिका सदस्य सुरेन्द्र राईले बताउनुभयो । उहाँका अनुसार पूर्वी नेपाल किराँत बाहुल्य क्षेत्र भएकाले किराँती समुदायको समेत आकर्षित स्थल हुने छ ।

चतरा हुँदै बग्ने सप्तकोशी नदी मुलुककै ठुलो नदी मात्रै नभएर यो कौशिकी नदी हिन्दु र किराँत धर्म र परम्परासँग जोडिएको छ । चतराधाम आसपासका क्षेत्रमा बाह्रक्षेत्र, विष्णुपादुका, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, रामधुनी, हलेसी, पाथीभारा, छिन्ताङलगायतका प्रसिद्ध स्थल हुनु र आदिम ज्ञानको स्रोत कोशी आसपासमा रहेका पौराणिक तथ्य पाउनुले समेत यस क्षेत्रको सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व स्पष्ट परेको छ । राष्ट्रिय गौरवका रूपमा समेत चिनिएको चतराधाममा किराँतेश्वर मन्दिरको स्थापनाले थप धार्मिक उन्नयन गर्ने स्थानीय युवराज भट्टराई ‘विदुर’ बताउनुहुन्छ

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै