एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तामा रहुञ्जेल देशले धेरै दुःख पाउने – Sagarmathapana:: Online News Portal

एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तामा रहुञ्जेल देशले धेरै दुःख पाउने

   २०८१ कार्तिक ५ गते  

काठमाडौं । आइतबार जिल्ला अदालत कास्कीमा म्याद थपका लागि प्रवेश गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्तामा रहुञ्जेल देशले धेरै दुःख पाउने दाबी गरेका छन्।

उनले अहिलेको सरकारलाई अधिनायकवादी सरकार भन्दै देशभरका जनतालाई सडकमा निस्किन अपिल समेत गरे। ‘त्यसकारण यो अधिनायकवादी सरकारका विरुद्धमा देशैभरीबााट जो जो जहाँ जहाँ हुनुहुन्छ, मेरो लागि होइन देशका लागि बाहिर निस्कन पर्ने बेला आउन सक्छ। म सबैलाई अपिल गर्न चाहन्छु,’ लामिछानेले भने, ‘फेरि पनि भन्न चाहन्छु, सम्पूुर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनीहरू, यो सरकार रहुञ्जेलसम्म यस्तै हर्कत गरिराख्छ उसले।

झुटा मुद्दामा मान्छेलाई फसाउने काम निरन्तर चलिरहन्छ।’साथै, लामिछानेले ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेर राखेको दाबी पनि गरे। उनले आफूलाई जस्तै छानबिन ओलीलाई गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको फेला पर्ने पनि दाबी गरे।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रहरीले शुक्रबार काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो। उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट अदालत पुगेका छन्। अदालत प्रवेश गर्नुअघि सञ्चारकर्मीसँग लामिछानेले भने, ‘केपी ओलीको सरकार रहिरहने हो भने यो देशले धेरै दुःख पाउँछ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै