सोमबार सेयरबजारमा आज सूचक र कारोबार रकम दुवै घटे – Sagarmathapana:: Online News Portal

सोमबार सेयरबजारमा आज सूचक र कारोबार रकम दुवै घटे

   २०८१ कार्तिक ५ गते  

काठमाडौँ। साताको दोस्रो दिन सोमबार सेयरबजारमा 
आज सूचक र  कारोबार रकम दुवै घटेका छन्।
नेप्से ६०.०८ अंकले घटेर २६३७.८३ विन्दुमा झरेको हो।
२.२२ प्रतिशतले घटेको बजारमा कारोबार रकम पनि ५ 
अर्ब ८० करोड रुपैयाँमा संकुचित भएको छ।
आज १ करोड ३७ लाख कित्ता सेयर मात्र बिक्री हुँदा 
कारोबार रकम घटेको हो। अघिल्लो दिन सूचक घट्नुका 
बाबजुद कारोबार रकम भने ८ अर्ब नाघेको थियो। आजको 
कारोबारमा १९ कम्पनीका लगानीकर्ताले कमाए पनि 
२२४ कम्पनीका सेयरधनीले गुमाएका छन्। 

कारोबारतर्फ आज हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७३ 
लाखको सर्वाधिक किनबेच भएको छ। त्यसैगरी कुमारी 
बैंकको १७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ। 
यता ङादी पावर लिमिटेडको १६ करोड, गुडविल फाइनान्सको 
१४ करोड र पिपुल्स हाइड्रोपावर कम्पनीको १२ करोडको 
खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कमाउनेमा आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता छन्। उनीहरुले प्रतिकित्ता ८१.८० रुपैयाँ (९.८२ प्रतिशत) आम्दानी गरेका छन्। अन्य लगानीकर्ताले अधिकतम ४.८४ प्रतिशतसम्म मात्र प्रतिसेयर आम्दानी गरेका छन्। त्यस्तै आज ङादी पावर कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन्। कम्पनीको सेयर ९.२० प्रतिशतले घट्दा लगानीकर्ताले ४८ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। अन्य लगानीकर्ताले अधिकतम ५.६५ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै