जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी द्वारा सहकारी ठगीमा संलग्न सबैमाथि कारबाही गर्न माग – Sagarmathapana:: Online News Portal

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी द्वारा सहकारी ठगीमा संलग्न सबैमाथि कारबाही गर्न माग

   २०८१ कार्तिक ५ गते  

काठमाडौँ । आइतबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा सहकारीको नाममा कतिपय गलत तत्त्वहरूले लाखौँ जनताको अर्बौं रुपैयाँ ठगेको भन्दै यो एउटा गम्भीर राष्ट्रिय समस्या बनेको उल्लेख छ र सहकारी ठगीमा संलग्न सबैमाथि कारबाही गर्न माग गरेको छ ।

यो समस्यालाई समाधान गर्न राज्यले सहकारीलाई नियमन गर्न आवश्यक संयन्त्र निर्माण गर्नुका साथै ठगीमा संलग्न सबैमाथि कानुनी कारबाहीलाई अगाडि बढाउनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

‘विज्ञप्तिमा भनिएको छ सहकारी ठगी तथा भ्रष्टाचारमा संलग्न व्यक्तिउपर कारबाही गरिनु पर्दछ । सत्ता र शक्तिको आडमा त्यसप्रकारका दोषी व्यक्तिलाई संरक्षण गर्ने कुरालाई सही मान्न सकिँदैन, ‘तर अन्य कतिपय सहकारी ठगी तथा भ्रष्टाचारका मुद्दाहरूमा कारबाही नभएको भनेर रवि लामिछानेलाई पनि कारबाही गर्न मिल्दैन वा उनीहरूलाई कारबाहीको दायरामा ल्याएपछि मात्र रविमाथिको कारबाही अगाडि बढाइनु पर्दछ, त्यसो नगरी रविमाथि मात्र कारबाही गर्नु कुरा अन्यायपूर्ण हुन्छ भन्ने तर्कलाई हामीले सही मान्न सक्दैनौँ ।’

बचतकर्ताहरूको बचतको सुरक्षाको कुनै ग्यारेन्टी नगरी अर्बौैं रुपैयाँ सहकारीमा जम्मा हुन्छ र त्यसरी जम्मा भएको रकममाथि सत्ता, शक्ति र प्रभावको आडमा ब्रह्मलुट मच्चाउने गरिएको छ,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको बचत रकममाथि ब्रह्मलुट मच्चाउनेहरूमाथि कडा कानुनी कारबाही हुनु पर्ने तथा ठगिएको रकम ठगीमा संलग्न व्यक्ति तथा निजको घर परिवारबाट असुल उपरगरी पीडितलाई उपलब्ध गराउनु पर्छ भन्ने हाम्रो स्पष्ट तथा दृढ मत छ ।’

सहकारीमा जम्मा भएको सर्वसाधारणको बचतमाथि ठगी अपचलनले एउटा गम्भीर राष्ट्रिय समस्याको रूप लिएको भन्दै राष्ट्रिय जनमोर्चाले यो समस्या सिर्जना हुनुमा स्वयं राज्य नै जिम्मेवार रहेको ठहर गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै