घाटि रेटेर हत्या गरि फरार ब्याक्ती प्रकाउ – Sagarmathapana:: Online News Portal

घाटि रेटेर हत्या गरि फरार ब्याक्ती प्रकाउ

   २०८१ कार्तिक ४ गते  

काठमाडौं। मान्छेको टाउको काटि फरार रहेको अभियोगमा आज  घर्तिगाउ रोल्पा घर भएका अन्दाजि ३० बर्षिय अनिल परियार पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
विजयादशमिका दिन कोहलपुर ८ पिपिरीका बर्ष ४० का चन्द्र वहादुर कामिको सोहि दिन राति १२ वजे टाउको नभएको शव फेलापरेपछि निरन्तर अनुसन्धानमा खटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले मृतकके टाउको हिज मात्र परियारको वहिनीको घरको सौचालयको सेफ्टी ट्यांकीमा फेला पारेको थियो।

परियारलाई कोहलपुर प्रहरी टोलिले अधैया कुसुम खण्डको राप्ति सोनारी १ तिनघारीटोल स्थित भौका नाका जाने वाटोवाट तिर्थमालि परियारको घर किनारमा रहेको शौचालयवाट पक्राउ गरेको जनाएको छ ।
आरोपितलाई पक्राउ गर्न सफल भएको हो। विजया दशमीका दिन दिउसभरि संगै रहेका अनिल परियार चन्द्र वहादुर कामि काटिएपछि फरार भएका थिए। फरार रहेकै आधार मान्दै कोहलपुर प्रहरीले हत्याराको नजिक पुगेको दावि समेत गरेको थियो ।

शिल शिलावद्ध तरिकाले अनुसन्धान गरिरहेको कोहलपुर प्रहरीको यो सफलताले अपराधिले मुक्ति नपाउने सन्देस दिएको छ भने अपराधिहरु पानीमुनि गएपनि उम्किन पाउदैनन भन्ने नजिर स्थापित गरेको छ। आरोपितलाई ईप्रका कोहलपुरको टोलिले आज नै निज भेटिएको ठाउँबाट कोहलपुर ल्याई म्याद थप गरि अनुसन्धानलाई अगाडि वढाउने गरि अगाडि बढने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै