पाकिस्तानमा विद्यार्थीहरूको प्रदर्शन चर्किएपछि शैक्षिक संस्थाहरू बन्द
काठमाडौं ।पञ्जाब कलेज फर वुमेन’ को भवनको पार्किङस्थलमा एक छात्रामाथि बलात्कार भएको समाचार सामाजिक सञ्जालमा फैलिएपछि पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यार्थीहरूको प्रदर्शन चर्किएपछि शैक्षिक संस्थाहरू बन्द गरिएको छ । प्रदर्शन चर्किएसँगै पञ्जाब प्रान्तका अधिकारीहरूले आज र भोलि सार्वजनिक स्थानमा भेला हुन समेत रोक लगाएका छन् ।

प्रदर्शनका क्रममा कैयौं स्थानमा विद्यार्थी र प्रहरीबीच झडपहरू भएका छन् । विद्यार्थीहरूले भने सत्य ढाकछोप गरी आफ्नो संस्थाको साख जोगाउन सरकार र उच्च अधिकारीलाई घूस दिइएको दाबी गरेका छन् । लाहोरकी मुख्यमन्त्री मरियम नवाज सरिफले गलत पोस्ट फैलाउनेलाई दण्डित गरिने बताउनु भएको छ ।












