नेप्सेमा उच्च गिरावट, जीवन लघुबित्तको शेयर मूल्य पनि घट्यो – Sagarmathapana:: Online News Portal

नेप्सेमा उच्च गिरावट, जीवन लघुबित्तको शेयर मूल्य पनि घट्यो

   २०७८ भाद्र १३ गते  

 

काठमाडौँ। साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेको छ । गत विहीबार २६ अंकले बढेर रोकिएको कारोबारमा आइतबार साताको पहिलो दिन उच्च गिरावट आयो । आइतबार नेप्से परिसूचक ३०४४.४६ अंकमा झरेको छ ।

आइतबार कारोबार सुरु भएको केही समय बढेको नेप्से कारोबार बन्द हुँदासम्म लगातार घट्यो । आइतबार सेन्सेटिभ परिसूचक ८.५७ अंकले घटेको छ । यस्तै फ्लट ३.५४ ले घट्दा सेन्सेटिभ फ्लट पनि २. ५४ ले घटेको छ ।

आइतबार फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । तर यसअघि कारोबार सुरु भएदेखि लगातार सकरात्मक सर्किट लाग्दै आएको जीवन लघुबित्तको शेयर आइतबार घटेको छ । विहीबार ५१९८ मा कारोबार रोकिएको जीवनको शेयर मूल्य आइतबार ५०७१ मा झरेको छ ।

बजार घट्दा पनि ५० भन्दा धेरै कम्पनीले राम्रो आम्दानी गरेका छन् । सबैभन्दा धेरै कमाउने शिर्ष स्थानमा नारायणी डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ । यस्तै खानीखोला जलविद्युतको शेयरमा पनि सकरात्मक सर्किट लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै