गुल्मीमा जीप दुर्घटना हुँदा १४ जना घाईते – Sagarmathapana:: Online News Portal

गुल्मीमा जीप दुर्घटना हुँदा १४ जना घाईते

   २०८१ आश्विन २५ गते  

काठमाडौं ।   गुल्मीमा जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् ।

बुटवलबाट रिडी–रुद्रबेणी–वामीटक्सार हुँदै बाग्लुङको बडिगाड गाउँपालिका खौलारका लागि छुटेको लु १ ज ४४४८ नम्बरको जीप बिहान गुल्मीको मुसिकोट नगरपालिका–५ ईन्द्रेगौंडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा चालकसहित १४ जना घाईते भएका र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिनुभयो । घाइते केहीको स्थानीय स्वास्थ्य संस्थामा र केहीलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै