भारत सरकारले नेपाल सरकारलाई १० वटा बेलिब्रिज दियो – Sagarmathapana:: Online News Portal

भारत सरकारले नेपाल सरकारलाई १० वटा बेलिब्रिज दियो

   २०८१ आश्विन २४ गते  

काठमाडौं :   बाढीपहिरोबाट अवरूद्ध भएको सडक सञ्जाललाई जोड्न सहज होस भनेर भारत सरकारले नेपाल सरकारलाई १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) पठाएको छ।

भारतले ३८ करोड रुपैयाँ मूल्यका १० बेलिब्रिज पुलका सामग्रीहरू दिएको भारतीय दूतावासले जनाएको छ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई पुलका सामानहरू हस्तान्तरण गरेकी हुन्। भारतले बाढीपहिरोबाट प्रभावित परिवारलाई अत्यावश्यक सरसफाई सामग्री, औषधि, खाद्यवस्तु लगायत २५ टनभन्दा बढी राहत सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै