देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको रहेछ – Sagarmathapana:: Online News Portal

देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको रहेछ

   २०८१ आश्विन २४ गते  

काठमाडौं–पशुपति धर्मशालामा आज मारवाडी सेवा समाज र महानगर प्रहरीबीच भएको झडप बारे टिप्पणी गर्दै काठमाडौँ महानगरका मेयर बालेन शाहले  पशुपति विकास कोषको अनुमतिमा महानगरले धर्मशालाको संरक्षण गर्दै अशक्तहरूलाई नि: शुल्क खाना र औषधि उपचार गर्न प्रयोग गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।  मेयर  शाहले देश मारवाडी सेवा समाज जस्ता संस्थाले चलाएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्- नाजायज सम्बन्धबाट  सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समाजले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौं देखि केही हजार रुपैयाँ तिरेर हडपेको जग्गा अदालतले दबी पुग्दैन भनेर पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ, अनि समितिले  महानगरलाई धर्मशाला तथा अशक्तहरूलाई नि: शुल्क खाना र औषधि उपचार गर्न  भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समाजको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै समाजबाट पो रहेछ । अनि हामी चाहिँ देश प्रहरी  र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै