असोज २५ मा गायिका प्रीति आले ले पाख्रिबास दशैं मेला २०८१ मा प्रस्तुति दिने – Sagarmathapana:: Online News Portal

असोज २५ मा गायिका प्रीति आले ले पाख्रिबास दशैं मेला २०८१ मा प्रस्तुति दिने

   २०८१ आश्विन २३ गते  

काठमाडौं । दशैंको अवसर पारेर धनकुटाको पाख्रिबासमा दशैं मेला आयोजना हुने भएको छ । पाख्रिबास ४ स्थित जालपादेवी माबिको खेल मैदानमा रमाइलो दशैं मेला २०८१ आयोजना हुने भएको हो ।


मेला असोज २५ गते देखि कार्तिक १० गते संचालन हुने आयोजक युथ युनाइटेड, पाख्रिबासका अध्यक्ष गणेश गुरुंगले बताउनु भयो ।

मेलामा दैनिक चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । जस अन्तर्गत असोज २५ उद्घाटनका दिन चर्चित गायिका प्रीति आलेले आफ्नो प्रस्तुति दिनेछन् ।

मेलामा स्थानिय कला ,संस्कृतिका साथै यहाँको उत्पादन देखि विभिन्न प्रतियोगिता, सांस्कृतिक कार्यक्रम,रोटेपिंग लगायतका मनोरन्जनका लागि राखिने आयोजकले जनाएको छ ।

मेलामा स्थानीय मौलिक उत्पादनलाई प्राथमिकतामा राख्दै विभिन्न स्टलहरु पनि राखिने आयोजकको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै