पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राख्यो
काठमाडौं- मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर बुधबार महानगर प्रहरीको टोलीले पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ।
उक्त धर्मशाला महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको मस्यौदामाथि छलफल सुरु भइसकेको छ। महानगरले उक्त धर्मशाला सञ्चालन गर्ने सम्झौतापछि बुधबार महानगर प्रहरी र वडा नम्बर ८ का अध्यक्ष आशमान संगत लगायतको टोली त्यहाँ पुगेको थियो।
पशुपति क्षेत्र विकास कोषले का कार्यकारी निर्देशकले महानगरपालिकालाई सम्बोधन गरी धर्मशाला सञ्चालनबारे भनी पत्राचार गरेका थिए।
सोही पत्राचारपछि महानगरपालिकाले मंगलबार नै माइकिङ गरेर खाली गर्नका लागि माइकिङ भएको थियो।
नगरप्रहरीले धर्मशाला खाली गराउन खोजेपछि मारवाडीहरूसँग केहीबेर प्रतिवाद समेत भएको थियो ।
उनीहरू पुगेपछि मारवाडी सेवा समितका सदस्यहरूले बसेर सल्लाह गर्नुपर्ने र अहिले नै महानगरपालिकाले आफ्नो बोर्ड राख्न नहुने बताएका थिए।












