शेयर बजारमा भारी गिरावट – Sagarmathapana:: Online News Portal

शेयर बजारमा भारी गिरावट

   २०७८ भाद्र ९ गते  

 

शेयर बजारमा भारी गिरावट देखिएको छ । कारोबारको सुरुदेखि नै बजारमा गिरावट देखिएको थियो । जुन अन्तिम समयसम्म पनि कायमै रहँदा बजारमा भारी गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक ४८.४२ अंकले घटेर ३०७६.४४ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ रुपैयाँमा किनबेच भएको छ ।

ठूला कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.६७ अंकले घटेर ५६७.९९ बिन्दुमा रोकिएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ २९.४७, विकास बैंक १६५.५९, निर्जीबन बीमा ४२२.५३, उत्पादन तथा प्रशोधन १६२.६५, जीवन बीमा समूहको उपसूचक ३५४.७४ अंकले घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै