EN
मेनु
Flash News

वसन्तपुरमा नेपाल संवत् ११४७ को औपचारिक समारोह, सभामुख र गृहमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता

काठमाडौं।नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा काठमाडौंको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा विशेष औपचारिक समारोह आयोजना गरिएको छ।

समारोहमा सभामुख डोलप्रसाद (डीपी) अर्याल, गृहमन्त्री सुदन गुरुङ, विभिन्न राजनीतिक दलका सांसद, नेवार समुदायका अगुवा, सर्वसाधारण तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नेपाल संवत्को नयाँ वर्षलाई नेवार समुदायले विशेष उत्साह र सांस्कृतिक महत्वका साथ मनाउँदै आएका छन्। नेपालको मौलिक इतिहास, संस्कृति, परम्परा र पहिचानसँग जोडिएको नेपाल संवत् राष्ट्रिय गौरवको विषयसमेत मानिन्छ।

ऐतिहासिक मान्यताअनुसार राष्ट्रिय विभूति शङ्खधर साख्वाले जनतालाई ऋणमुक्त गराएर नेपाल संवत्को सुरुवात गराएका थिए। जनताको ऋणमोचनसँग जोडिएको यस ऐतिहासिक घटनाले नेपाल संवत्लाई सामाजिक न्याय, एकता र मौलिक पहिचानको प्रतीकका रूपमा स्थापित गरेको छ।

वसन्तपुरमा आयोजित समारोहले नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई पुनः उजागर गरेको छ।