सेयर धितो कर्जामा राष्ट्र बैंकले तोक्यो सीमा – Sagarmathapana:: Online News Portal

सेयर धितो कर्जामा राष्ट्र बैंकले तोक्यो सीमा

   २०७८ भाद्र ८ गते  

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा जाने कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०७७ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था सम्बन्धमा निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले ‘यो निर्देशन जारी हुनुपूर्व भदौ ८ सम्म कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्य जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ’ भनिएको छ ।

राष्ट्र बैंकले निर्देशन मार्फत एउटा व्यक्ति वा संस्थाले एउटा संस्थाबाट बढीमा ४ करोड रुपैयाँ र समग्रमा १२ करोड रुपैयाँसम्म सेयर धितोमा कर्जाको सिमा कायम रहेको उल्लेख छ ।

मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राह कर्जा सीमा एउटा इजाजनपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ कायम गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै