हलेसी तुवाचुङ नगरपालिकाभित्र ठाउँ–ठाउँमा पहिरो – Sagarmathapana:: Online News Portal

हलेसी तुवाचुङ नगरपालिकाभित्र ठाउँ–ठाउँमा पहिरो

   २०८१ आश्विन १९ गते  

काठमाडौं ।  १७ गते रातिको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत हलेसी तुवाचुङ नगरपालिकाभित्र ठाउँ–ठाउँमा पहिरो खसेपछि खोटाङको हलेसी–जयराम सडक अवरुद्ध भएको छ ।

अहिले डोजर प्रयोग गरेर बडहरेतर्फबाट सडकको पहिरो पन्छाउन थालिएको हलेसी तुवाचुङ नगरपालिका-१ का वडाध्यक्ष रुद्र राईले जानकारी दिनुभयो ।

बडहरेबाट च्यास्मिटार हुँदै कदुवासम्मको पहिरो हटाउने तयारी गरिएको छ । प्रहरीका अनुसार हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, वडा नम्बर ३ च्यास्मिटारको बाङमा र वडा नम्बर ४ बडहरेको खोक्सेली लगायतका ठाउँमा सडकमा पहिरो खसेको छ ।

दशैंका लागि खोटाङ भित्रिँदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदुवामा रातभर अलपत्र परेका थिए । सडक खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै