EN
मेनु
Flash News

संघीय संसदको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार २०८३ साल असोज १६ गते शुक्रबार राति १२ बजेदेखि संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य हुनेछ ।

यसअघि मन्त्रिपरिषद्को असोज १३ गते बसेको बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सोही सिफारिसका आधारमा राष्ट्रपतिबाट अधिवेशन अन्त्य गरिएको हो ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा संविधानले दिएको अधिकार प्रयोग गर्दै अधिवेशन अन्त्य गरिएको उल्लेख छ ।

यससँगै संघीय संसदका दुवै सदनको हालको अधिवेशन शुक्रबार मध्यरातदेखि औपचारिक रूपमा समाप्त हुनेछ ।