आदिवासी जनजाति महासंघ, युएईको साधरण सभा सम्पन्न – Sagarmathapana:: Online News Portal

आदिवासी जनजाति महासंघ, युएईको साधरण सभा सम्पन्न

   २०८१ आश्विन १५ गते  

काठमाण्डौ । याक एन्ड यति एभरेष्ट क्लब बर दुबई मा  नेपाल आदिवासी जनजाति महासंघ, युएई ले स्थापना कालको पहिलो ऐतिहासिक वार्षिक साधरण सभा हालै  सम्पन्न गरेको छ ।

सभामा नेपाल आदिवासी जनजाति महासंघ, युएईको अध्यक्षता , बिक्रम लिम्बु । प्रमुख अतिथि संरक्षक सदस्य प्रमोद श्रेष्ठ , विशेष अतिथि र  आबद्ध ११ वटै जातिय संघ संस्थाका प्रमुख र प्रतिनिधि हरु को सहभागिता रहेको थियो

वार्षिक साधरण सभा लाई शुभकामना मन्तव्य दिने क्रममा अधिकांश वक्ता हरु ले यो ऐतिहासिक कार्यक्रम गरिएको र आगामि वार्षिक योजना अत्यन्तै उत्कृष्ट रहेको बताए। नेफिन युएईका पुर्व महासचिव तथा सल्लाहकार कुमार बलामी ले जनजाति को भाषा र भेषभुषा मेटिए जनाजाती को पहिचान मेटिने छ भन्दै सबैलाई सजग गराए ।

२३-२५ कार्यकालको आर्थिक तथा भौतिक आय व्यय सह कोषाध्यक्ष भिमा लिम्बुले प्रस्तुत गरेका थिए जसमा एक वर्षभरि मा गरिएको विभिन्न कार्यक्रम मार्फत आय : ३५,८७८.२५ दिराम खर्च तर्फ १३,८३१ हाल: कोषमा २२०५६ दिराम बचत रहेको जानकारी दिए। उपस्थित सहभागी हरु लाई स्वागत गर्दै वरिष्ठ उपाध्यक्ष हरि मोक्तान ले स्वागत मन्तव्य दिएका थिए ।

शुभकामना मन्तव्य कै क्रममा तामाङ समाज, युएईका अध्यक्ष डिल्लीराम तामाङ ले युएईमा तामाङ्ग हरु लाई खण्डित गर्ने आफ्नै समुदाय भित्र रहेका असमाजिक तत्व हरु नै सकृय रहेको र जसले आम तामाङ समुदाय भित्र वितृष्णा पैदा गरि खलखल पुर्याएको र आफ्नै समुदायको व्यक्तिले सामाजिक संजाल को दुरुपयोग गरि कुन्ठित भावना पोख्दै अर्को जातिय संस्था को नाउ जोडेर सामाजिक संजाल फेसबुक मार्फत लेखिएको अनर्गल स्टाटसले ति जातिय संस्था को गरिमा माथि पुग्न गएको असर प्रति क्षमायाचना गर्दै माफी माफी मागे।

ति सामाजिक संजालमा अनर्गल स्टाटस प्रति सचेत रहन समेत आग्रह गरे साथै युएईमा रहेका आदिवासी जनजाति हरु ले विविध कारणवश मृत्यु भएका र आपतविपतमा परेका  जोकोहि भएपनि पहिले नेफिन युएईमा जानकारी दिन समेत आग्रह गरे।

शुभकामना मन्तव्य दिने क्रममा आदिवासी जनजाति पत्रकार महासंघ, युएईका अध्यक्ष फलेन्द्र बलम्पाकी मगरले विगत लामो समयदेखि नेफिन युएई र युएईको पुरानो सामाजिक संस्था नेपाली समाज, युएई विच रहदै आएको भाइचाराको सम्बन्ध केहि व्यक्ति को व्यक्तिगत आपसि स्वार्थका कारण दुई संस्था बिच चिस्सिएको सम्बन्ध लाई पुन: सहकार्य गरि अघि बढाउन जोड दिए।

थारु कल्याणकारिणि युएई का अध्यक्ष भागिरथि कुमार भगत ले केहि व्यक्तिले आफ्नो पहिचान झल्किने पोषाक नपहिरिएको प्रति दुख व्यक्त गरे। अर्का वक्ता नेमस शाखा, युएईका अध्यक्ष नयन घर्ति मगरले विविध विषय हरु मा प्रश्नै प्रश्न गर्नु भएको थियो। वहाँको वक्तव्यको समय प्रश्नै प्रश्न ले गर्दा सभा हल सुनसान बनेको थियो।


प्रमुख अतिथि प्रमोद श्रेष्ठ ले हाल: बागमति प्रदेश र गण्डकी प्रदेशमा मात्रै जनजाति को भाषा लाई कामकाजी भाषाको मान्यता दिएको र सातवटै प्रदेशमा गरे।मान्यता पर्ने राज्य सँग माग सभाध्यक्ष लिम्बुले  गएको एक वर्षमा भए का विविध किसिम को आर्थिक र भौतिक गतिविधि का साथै आउदो वार्षिक योजनाको खाका तयार गरि स्क्रिन मा स्लाइड सो मार्फत प्रदर्शन गरेका थिए । उक्त वार्षिक कार्य योजना अत्यन्तै लाभदायी रहेको उपस्थित सबैले प्रशंसा गरेका थिए। कार्यक्रम नेफिन, युएईका महासचिव धनकृष्ण राई(डि के किराती) ले संचालन गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै