बुधबारबाट पुनः वर्षा हुने सम्भावना
काठमाडौं, गत बिहीबार र शुक्रबारको अविरल वर्षा र बाढी पछि सोमबार र मंगलबार नेपालको मौसम घमाइलो देखिए पनि बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको छ।
मंगलबार पूर्वी नेपालमा (कोशी प्रदेशमा) अपराह्नपख हल्का वर्षाको सम्भावना रहेको उनले बताए। त्यस्तै बागमती र गण्डकीमा पनि बादल लाग्ने तर वर्षाको सम्भावना थोरै रहेको उनले बताए।
बुधबारदेखि यो हप्ताभरि गण्डकीदेखि कोशीसम्मै अपराह्नपख वर्षाको सम्भावना रहेको उनले बताए। उनकाअनुसार पश्चिम नेपालमा भने वर्षाको सम्भावना छैन।












