झ्याप्लेखोला दुर्घटनामा एकै परिवारकी आमासहित दुई छोराछोरीको दुखद निधन – Sagarmathapana:: Online News Portal

झ्याप्लेखोला दुर्घटनामा एकै परिवारकी आमासहित दुई छोराछोरीको दुखद निधन

   २०८१ आश्विन १४ गते  

काठमाडौँ । झ्याप्लेखोला दुर्घटनामा एकै परिवारकी आमासहित दुई छोराछोरीको दुखद निधन भएको छ । निधन हुनेमा बुटवलका दिपेश भट्टराई, दिपिका भट्टराई र आमा सीता भट्टराई रहेका छन् ।

रुपन्देहीको बुटवलबाट शुक्रबार बिहान काठमाडौं जान भनी बुटवलका दिपेश भट्टराई, दिपिका भट्टराई र खामाको दुर्घटनामा परी निधन भएको हो ।बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत जुम्लाह दाजुबहिनी दिपेश र दिपिका यही १७ गते काठमाडौंमा हुन लागेको एक कार्यक्रममा जाँदै थिए। उक्त कार्यक्रमपछि केही दिनमै उनीहरू नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिन बंगलादेश जाँदै थिए। पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो।तर, विडम्बना उनीहरूको सपना अविरल बर्षासँगै धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरियो।

उनीहरू चढेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा उनीहरूसँगै सवार १४ जनाको मृत्यु भयो।अविरल बर्षा भए छोराछोरीको ‘सपना साकार बनाउन’ सँगै लिएर हिडेकी सिता गन्तब्यमा पुग्नै पाइन् । पढाइमा तेज रहेका दाजुबहिनी २ महिनाअघि मात्र बंगलादेशको कार्यक्रममा जान छनोट भएको कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्राचार्य दिनेश थापाले बताए। पढाइमा अब्बल रहेका उनीहरु बिधालयमा सधै उत्कृष्ट नतिजा सहित उतिर्ण हुन्थे १‘बंगलादेशमा खगोलशास्त्र सम्बन्धी कार्यक्रममा जाने तयारीमा थिए। त्यसैको एउटा चरणको कार्यक्रममा सहभागी हुन काठमाडौं जाँदै गर्दा दुःखद् घटना भएको भन्दै स्ंिगो बिद्यालय परिवार शोकमा डुबेको छ ।


सोही माइक्रोबसमा सवार बुटवलका सेमलारका प्रकाश कुंवर र सिर्जना कुंवर, गुल्मीको चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको पनि मृत्यु भएको छ। १४ जनामध्ये सबैको अझै पहिचान खुलिसकेको छैन।पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार विहान उक्त जिपमा काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउण्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर ३ जना चढेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै