नख्खुखोलाले बगाएका दुई जनाको सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले नगदसहित सम्मान
काठमाडौं ।ललितपुर महानगरपालिकास्थित नख्खुखोलाले बगाएका दुई जनाको सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले नगदसहित सम्मान गरेको छ ।
काभ्रेको तेमाल गाँउपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको हो । नख्खु खोलाले टीनको टहराको छतमा उद्धारको पर्खाइमा बसेका तीनजनालाई बगाएको थियो ।
असोज १३ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच तामाङले जोखिमका बीच देखाएको अदम्य साहस र उनको अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामङलाई १ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।
यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्धार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।
साथै बैंकले देशै भरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।












