जेनजी शहीदहरूको स्मृतिमा कमन जेनजीद्वारा काठमाडौंमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली आन्दोलनको उद्देश्य अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको भन्दै चिन्ता
काठमाडौं।जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृति तथा सम्मानमा कमन जेनजी नेपालले काठमाडौंको नयाँ बानेश्वरमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम गरेको छ । आन्दोलनको क्रममा जीवन बलिदान गर्ने जेनजी शहीदहरूप्रति सम्मान व्यक्त गर्दै आयोजित कार्यक्रममा कमन जेनजीका अध्यक्ष विकेश साहसहित विभिन्न जेनजी अभियन्ता तथा युवाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी युवाहरूले शहीदहरूको सम्झनामा दीप प्रज्वलन गर्दै उनीहरूको बलिदानलाई स्मरण गरेका थिए । सहभागीहरूले शहीदहरूले उठाएका आवाज, उनीहरूले अघि सारेका माग तथा आन्दोलनको उद्देश्य अझै पूर्ण रूपमा सम्बोधन हुन नसकेको भन्दै चिन्ता र आक्रोश व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कमन जेनजीका अध्यक्ष विकेश साहले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदानलाई केवल स्मरणमा सीमित गर्न नहुने













