प्रधानमन्त्री राहत कोषमा सोनापुर सिमेन्टसहित विभिन्न संस्थाबाट १ करोड ५ लाख ९१ हजार सहयोग
काठमाडौं।बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा विभिन्न संस्थाबाट १ करोड ५ लाख ९१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ।

सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड (सोनापुर सिमेन्ट) ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको छ। कम्पनीमा कार्यरत कर्मचारीहरूले पनि आफ्नो एक दिनको तलबबराबर ४ लाख ९१ हजार रुपैयाँ कोषमा सहयोग गरेका छन्।
![]()
सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडका म्यानेजिङ डाइरेक्टर निपेश तायललगायत प्रतिनिधिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।
यसैबीच, शुभम् हेल्थ केयर प्रोडक्सन प्रा.लि. का निर्देशकसमेत रहेका निपेश तायलले सो कम्पनीका तर्फबाट पनि प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका छन्।

यसरी सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडबाट ५१ लाख, कर्मचारीबाट ४ लाख ९१ हजार तथा शुभम् हेल्थ केयर प्रोडक्सन प्रा.लि.बाट ५० लाख गरी कुल १ करोड ५ लाख ९१ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भएको हो।
कम्पनीहरूले बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएका छन्।













