चलचित्र ‘माया बस्छ कि के हो !’ मा युरोपका सुन्दर शहर
काठमाडौं।लभस्टोरी चलचित्र ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनीक गरिएको छ । साइराम पिक्चर्स युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको ३ मिनेट लामो ट्रेलरमा डेब्यु अभिनेता सोनाल लामा र कस्मता निरौलालाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ ।
असोज २ गतेबाट प्रदर्शन हुने चलचित्रको निर्देशन राजु अधिकारीले गरेका हुन् । चलचित्रको ट्रेलरमा युरोपीयन शहरका सुन्दर दृश्यका साथमा नेपाली गाउँको झल्को समाबेश गरेको देखिन्छ ।
अध्ययन तथा रोजगारीका लागि बिदेशीएका युवा युवतीको प्रेम प्रसंग,सम्पर्ण तथा मतभेदको कथा प्रष्टिने चलचित्रको अधिकांश दृश्य युरोपको बेल्जियम,स्वीजरल्याण्ड,नेदरल्याण्ड लगायतका देशमा खिचिएको हो ।












