आइस्ता जोशी बनिन् ‘फेस अफ नेपाल २०२६’ – Sagarmathapana:: Online News Portal

आइस्ता जोशी बनिन् ‘फेस अफ नेपाल २०२६’

   २०८३ भाद्र २३ गते  

काठमाडौं।आइस्ता जोशीले ‘फेस अफ नेपाल २०२६’ को प्रतिष्ठित उपाधि जितेकी छन्।

एमएस प्रोडक्सनले आइतबार अबेर राति ललितपुरमा आयोजना गरेको प्रतियोगिताको फिनालेमा उत्कृष्ट प्रदर्शन गर्दै आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनकी छात्रा जोशीले उपाधि हात पारेकी हुन्।

प्रतियोगिताको अन्तिम चरणमा ८ जना महिला र ११ जना पुरुष गरी १९ जना प्रतियोगी सहभागी थिए। प्रतियोगितामा सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङले पनि शीर्ष उपाधि हासिल गरेका छन्।

उपाधि विजेता आइस्ता जोशी, सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङले दक्षिण कोरियामा आयोजना हुने ‘एसिया मोडल फेस्टिभल’मा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसरसमेत पाएका छन्।

आइस्ताको यो सफलता नेपाली फेसन तथा मोडलिङ क्षेत्रसँगै आईआईएफटीका लागि समेत महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

प्रतियोगिताको फिनालेमा आईआईएफटीमा अध्ययनरत फेसन डिजाइनका विद्यार्थीहरूले तयार पारेका टक्सिडो तथा पेजेन्ट्री गाउनमा प्रतियोगीहरू प्रस्तुत भएका थिए। उक्त प्रस्तुतिले विद्यार्थी डिजाइनरहरूको सिर्जनशीलता, सीप र व्यावसायिक दक्षता प्रदर्शन गर्ने अवसरसमेत दिएको थियो।

प्रतियोगिताका लागि पोसाक तयार गर्ने आईआईएफटीका विद्यार्थी डिजाइनरहरूमा अस्मिता सार्की, सीमा गोतामे, शोनु लिम्बू, करिश्मा बुच्चा मगर, विमला कुटु, आकृति योगल श्रेष्ठ, मिना सारु, सरिताकुमारी चौधरी, आस्था थापा मगर, सरिता थापा, स्मृति खवास, सानु शर्मा, ईशा चौधरी, रेजिना श्रेष्ठ, प्रमिला श्रेष्ठ, राधिका महर्जन, शोभा थापा मगर, प्रेसा थापा र मनु रोकाया रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै