विपद् प्रभावितका लागि म्याक्सस नेपालको ८० लाख बराबरको राहत सहयोग – Sagarmathapana:: Online News Portal

विपद् प्रभावितका लागि म्याक्सस नेपालको ८० लाख बराबरको राहत सहयोग

   २०८३ भाद्र २० गते  

काठमाडौं।हालैको विपद्बाट प्रभावित समुदायका लागि MAXUS नेपालले करिब ८० लाख रुपैयाँ बराबरको राहत तथा सहयोग उपलब्ध गराएको छ।

SAIC MAXUS China को सहयोग र हिमालय अर्गनाइजेसनको समन्वयमा गरिएको सहयोगमा प्रत्यक्ष आर्थिक सहायता, स्वच्छ खानेपानीको व्यवस्था तथा आवश्यक राहत सामग्री समावेश छन्।

म्याक्सस नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरिसकेको जनाएको छ। त्यस्तै, नुवाकोटको त्रिशूली नदी पारिका विपद् प्रभावित समुदायलाई लक्षित गरी करिब ३० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ।

दुईवटा अस्थायी आश्रयस्थलमा सौर्य ऊर्जामा आधारित ‘अल्ट्रा फिल्टर वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गरिएको छ। नुवाकोटको त्रिशूलीस्थित श्री भैरम माध्यमिक विद्यालय र विदुर नगरपालिकास्थित त्रिशूली प्राथमिक विद्यालयमा जडान गरिएका यी प्रणालीले प्रतिघण्टा १ हजार लिटर पानी शुद्धीकरण गर्न सक्ने जनाइएको छ।

राहत सामग्रीअन्तर्गत डसना, सिरानी, तन्ना, औषधि तथा स्वास्थ्य सामग्री, खाद्यान्न, तरकारी, खाना पकाउने सामग्री, भाँडाकुँडा, कपडालगायत अत्यावश्यक सामग्री करिब ४०० जनालाई वितरण गरिएको छ।

कम्पनीका अनुसार यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत गरिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै