बाढीपीडितका लागि कलाकार शारदा गिरीले गरिन् ५ लाख सहयोग – Sagarmathapana:: Online News Portal

बाढीपीडितका लागि कलाकार शारदा गिरीले गरिन् ५ लाख सहयोग

   २०८३ भाद्र २० गते  

काठमाडौं।कलाकार शारदा गिरीले बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५ लाख रुपैयाँ सहयोग गरेकी छन्।

‘काली बुढी’का नामले समेत परिचित गिरीले विपत्तिमा परेका नेपालीको पीडालाई आफ्नै पीडा सम्झिँदै सरकारी राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको बताएकी हुन्।

उनका छोराछोरीले यसअघि नै बाढीपीडितका लागि सहयोग गरिसकेको भए पनि पीडितका लागि आफूले पनि थप केही गर्नुपर्छ भन्ने महसुस भएपछि व्यक्तिगत रूपमा सहयोग गरेको उनले बताएकी छन्।

गिरीले आफ्नो सहयोगलाई ठूलो नभई सानो सहयोगका रूपमा लिँदै विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन्।

बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला कलाकार गिरीको सहयोगले मानवीय संवेदनाको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै