बाढीबाट प्रभावित परिवारराहत तथा पुनर्स्थापनाका लागि हेल्दी लिभिङ नेपालको २० लाख रुपैयाँ सहयोग – Sagarmathapana:: Online News Portal

बाढीबाट प्रभावित परिवारराहत तथा पुनर्स्थापनाका लागि हेल्दी लिभिङ नेपालको २० लाख रुपैयाँ सहयोग

   २०८३ भाद्र १९ गते  

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि हेल्दी लिभिङ नेपाल प्रालिले २० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। कम्पनीका प्रबन्ध निर्देशक टेम्पा शेर्पाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उद्योग मन्त्रालयमा पुगेर उद्योगमन्त्री गौरीकुमारी यादवलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ।

चेक हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक शेर्पाले प्राकृतिक विपद्को कठिन समयमा पीडित परिवारको दुःखमा साथ दिनु कम्पनीको सामाजिक उत्तरदायित्वसँगै मानवीय कर्तव्यसमेत भएको बताए।

उनले व्यवसायलाई नाफा आर्जन गर्ने माध्यममा मात्र सीमित नराखी समाज र राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै