पेन्सन पट्टा’लाई युनिभर्सल प्रमाणीकरण, सबै उमेरका दर्शकले हेर्न पाउने – Sagarmathapana:: Online News Portal

पेन्सन पट्टा’लाई युनिभर्सल प्रमाणीकरण, सबै उमेरका दर्शकले हेर्न पाउने

   २०८३ भाद्र १९ गते  

काठमाडौँ।अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणीकरण पाएको छ। प्रमाणीकरणसँगै चलचित्रलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्।

दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्रको रनटाइम २ घण्टा ८ मिनेट रहेको छ। चलचित्र भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

‘पेन्सन पट्टा’ले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग तथा सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ। बाहिरबाट प्रतिष्ठा, पेन्सन र सुख–सुविधासँग जोडिने लाहुरे जीवनभित्रका पारिवारिक उतारचढाव तथा भावनात्मक संघर्षलाई चलचित्रले पर्दामा प्रस्तुत गर्ने प्रयास गरेको छ।

चलचित्रमा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ र माया गुरुङलगायत कलाकारको अभिनय रहेको छ।

‘पेन्सन पट्टा’ले मानवीय सम्बन्ध, त्याग र भावनालाई प्राथमिकता दिएको निर्माण पक्षको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै