नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो – Sagarmathapana:: Online News Portal

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो

   २०८३ श्रावण ३० गते  

काठमाडौं।काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार दर्शकको उल्लेख्य भीड लागेको छ। एक्स्पोको पाँचौँ दिन सवारीसाधन, नयाँ प्रविधि तथा अटोमोबाइल उत्पादन अवलोकन गर्न सर्वसाधारणको ठूलो उपस्थिति देखिएको हो।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २६ गतेदेखि सुरु भएको एक्स्पो भोलि अर्थात् साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।


एक्स्पोमा चारपांग्रे तथा दुईपांग्रे सवारीसाधनका साथै विद्युतीय सवारी, अटोमोबाइल प्रविधि, पार्टपुर्जा तथा विभिन्न नयाँ उत्पादनहरू प्रदर्शनीमा राखिएका छन्।

एक्स्पोमा ५३ वटा ब्रान्डको सहभागिता रहेको छ। शनिबार बिदाको दिन भएकाले बिहानैदेखि भृकुटीमण्डपमा दर्शकको चहलपहल बढेको आयोजकले जनाएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भोलि अन्तिम दिन भएकाले आइतबार पनि उल्लेख्य दर्शक आउने अपेक्षा गरिएको छ।

तस्बिर : सगरमाथापाना

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै