इमेज सहकारीका संस्थापक अध्यक्ष ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ – Sagarmathapana:: Online News Portal

इमेज सहकारीका संस्थापक अध्यक्ष ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ

   २०८१ आश्विन १२ गते  

२०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले  रेड नोटिस जारी गरेको सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठबाट फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।

बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार थिए । सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए । उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् ।

उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ ।

उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । नेपाली ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।

उनलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै