बागमती नदी किनारका थापाथली, टेकु, बल्खु लगायतका क्षेत्रका सुकुम्बासी बस्ती जलमग्न – Sagarmathapana:: Online News Portal

बागमती नदी किनारका थापाथली, टेकु, बल्खु लगायतका क्षेत्रका सुकुम्बासी बस्ती जलमग्न

   २०८१ आश्विन १२ गते  

काठमाडौँ-बागमती नदी किनारका सुकुम्बासी बस्तीमा बाढी पसेको छ। शुक्रबार दिनभर परेको अविरल वर्षाले बढेको नदीको जलसतह बस्तीमा पसेको हो।

बागमती नदी किनारका थापाथली, टेकु, बल्खु लगायतका क्षेत्रका सुकुम्बासी बस्ती पानी पसेपछि जलमग्न भएको छ।

देशको पूर्वी, मध्य भू–भागसँगै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो साढे २ बजेदेखि जलसतह उच्च रहेको बताउँदै विभागले नदी आसपासमा डुबानको खतरा देखिएको जानकारी गराएको छ।

जलसतह बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै