नौबीसेमा पहिरो खस्दा राजधानी छिर्ने सडक ठप्प – Sagarmathapana:: Online News Portal

नौबीसेमा पहिरो खस्दा राजधानी छिर्ने सडक ठप्प

   २०८१ आश्विन ११ गते  

काठमाडौं, नागढुंगा-नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी प्रवेश गर्ने सडक पूरै ठप्प भएको छ। शुक्रबार दिउँसो लेदोसहितको पहिरो खसेपछि नौबीसेतर्फको सुरूङमार्गको प्रवेशद्वारनजिकै सडक पूरै बन्द भएको हो ।

पहिरो खसेपछि करिब एक घण्टादेखि राजमार्ग बन्द छ । जसकारकाण राजधानी पस्ने र बाहिरिने सयौँ सवारीसाधनको जाम लागेको छ । अझैसम्म पहिरो पन्छाउन डोजर नपुगेको स्थानीयले बताएका छन् । पहिरोले सडक धेरै माथिसम्म ढाकेले हटाउन समय लाग्ने अवस्था रहेको प्रत्यक्षदर्शी सन्तोष न्यौपाने उपाध्यायले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै