सरस्वती क्याम्पसमा अन्तरकलेज फुटसल प्रतियोगिता हुँदै – Sagarmathapana:: Online News Portal

सरस्वती क्याम्पसमा अन्तरकलेज फुटसल प्रतियोगिता हुँदै

   २०८३ श्रावण १४ गते  

काठमाडौं।सरस्वती बहुमुखी क्याम्पसको बीबीए परिवारको आयोजनामा ‘सरस्वती अन्तरकलेज फुटसल प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ।

विद्यार्थीबीच खेलकुद संस्कृतिको विकास, नेतृत्व क्षमता अभिवृद्धि, स्वस्थ प्रतिस्पर्धाको भावना विकास तथा अन्तरकलेज सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।


प्रतियोगितामा काठमाडौं उपत्यकाभित्रका विभिन्न कलेजका टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढिरहेको जनाउँदै आयोजकले टिम दर्ता, खेल तालिका, प्रतियोगिताका नियम, पुरस्कार तथा अन्य व्यवस्थापनसम्बन्धी तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

कार्यक्रम संयोजक सुरेन्द्र उप्रेतीका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक कलेजहरूले तोकिएको समयभित्र आफ्नो टिम दर्ता गराउनुपर्नेछ।

प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको आयोजकले जनाएको छ। साथै विद्यार्थी, खेलप्रेमी, शुभेच्छुक तथा सरोकारवालालाई प्रतियोगितामा उपस्थित भई खेलाडीको हौसला बढाउन आग्रह गरिएको छ।

आयोजकले प्रतियोगिताले अन्तरकलेज खेलकुद गतिविधिलाई थप सक्रिय बनाउनुका साथै विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता र खेलभावनाको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै