अशोक दर्जीको व्यक्तिगत अवस्थाका कारण ‘पार्वती’को टिजर रिलिज स्थगित
काठमाडौं।चलचित्र ‘पार्वती’ को मंगलबार सार्वजनिक हुने तय गरिएको टिजर अन्तिम समयमा स्थगित गरिएको छ। निर्माण कम्पनी नीता फिल्म्स ले बाल कलाकार अशोक दर्जीसँग सम्बन्धित व्यक्तिगत परिस्थितिलाई ध्यानमा राख्दै हालका लागि फिल्मको कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्ने निर्णय गरेको जनाएको छ। नयाँ टिजर रिलिज मिति भने छिट्टै घोषणा गरिने बताइएको छ।
अशोक दर्जीले पनि सामाजिक सञ्जालमार्फत अहिलेको अवस्थामा टिजर सार्वजनिक गर्दा अनावश्यक टिप्पणी आउन सक्ने भएकाले केही समयका लागि रिलिज सारिएको बताएका छन्।
निर्देशक नीता ढुंगानाको निर्देशन रहेको चलचित्र ‘पार्वती’ आगामी भदौ १२ गते देशभर प्रदर्शनमा आउने तयारीमा छ। निर्माण टिमले परिस्थिति सहज भएपछि टिजर सार्वजनिक गर्ने जनाएको छ।












